देशभर २३ जनामा कोरोना संक्रमण, ६६ जना संक्रमणमुक्त


चैत २०, काठमाडाैँ । आइतबार मुलुकभर थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५८४७ जनाको पीसीआर र १०६२ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार देशभर ६६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?