अष्ट्रेलियालाई महिला विश्वकप क्रिकेट २०२२ को उपाधि


चैत २०, एजेन्सी । अष्ट्रेलियाले महिला विश्वकप क्रिकेट २०२२ को उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ७१ रनले हराउँदै उपाधि जितेको हो ।

महिला विश्वकप क्रिकेटमा अष्ट्रेलियाको यो साताैँ उपाधी हो ।

सुरूमा ब्याटिङ गरेको अष्ट्रेलियाले इंग्ल्यान्डलाई ३ सय ५७ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिंङमा उत्रिएको इंग्ल्याण्ड ४३.४ ओभरमा २ सय ८५ रनमा अल आउट भयो ।

इंग्ल्यान्डकी नाट सेभरले १ सय २१ बलमा १५ चौका र १ छक्कासहित १ सय ४८ रनको सानदार अविजित शतकीय इनिङ खेलेकी थिइन् । तर, अष्ट्रेलियाले दिएको विशाल लक्ष्य भेट्टाउन भने इंग्ल्याण्ड असफल भयो ।

अष्ट्रेलियाकी अलाना किंगले १० ओभरमा ६४ रन खर्चेर ३ विकेट लिइन् । त्यस्तै, जेस जेनसेन ८.४ ओभरमा ५८ रन खर्चेर ३ विकेट लिँदा मेगन स्कटले २ विकेट लिइन् ।

ब्याटिङतर्फ अष्ट्रेलियाकी ओपनर हेलीले १ सय ३८ बलमा २६ चौकासहित १ सय ७० रन बनाइन् । अर्की ओपनर राहेल हेन्सले ६८ रन, बेथ मुनीले ४७ बलमा ८ चौकासहित ६२ रन बनाउँदा मेग ल्यानिङले १० र एलिस ऐरीले १७ रन बनाइन् ।

अष्ट्रेलियाले यसअघि सन् १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ मा च्याम्पियन बनेको थियो । यो विश्वकपमा अष्ट्रेलिया अपराजित रहँदै विश्व च्याम्पियन बनेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?