नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले २५ औँ वार्षिकोत्सव मनाउँदै 


चैत १०, मेलबर्न अष्ट्रेलिया । नेप्लिज एसोसियसन अफ भिक्टोरिया (न्याभ)ले आज आफ्नो २५ औँ स्थापना दिवस मनाउन लागेको छ । भिक्टोरियाको थानबोरी हलमा आज (आइतबार) न्याभले २५ औँ वर्षगाँठ मनाउन लागेको हो । 

कार्यक्रममा न्याभको २५ वर्षको अवधिमा गरेका उपलब्धिहरूको बुकलेट सार्वजनिक गर्ने र विगतमा न्याभको विभिन्न समितिले गरेका कामहरलाई भिडियो मार्फत प्रस्तुत गर्नुका साथै ५ वटा विधामा अवार्ड दिन लागेको नेप्लिज एसोसिएसन अफ भिक्टोरिया न्याभका ट्रेजरर एकेन्द्र तिमिल्सिनाले जानकारी दिए । 

न्याभ सन् १९९७ मा स्थापना  भएको थियो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?