अष्ट्रेलिया कोरोना अपडेटः आइतबार कुन राज्यमा कति संक्रमित थपिए ?


photo: bbc

चैत २०, मेलबर्न अष्ट्रेलिया । न्यु साउथ वेल्समा आज (आइतबार) १६ हजार ८०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । न्यू साउथ वेल्स स्वास्थ्य विभागका अनुसार पिसिआर परीक्षणबाट ७ हजार १३६ र एन्टिजेन परीक्षणबाट ९ हजार ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही समयमा न्यु साउथ वेल्समा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ ।

यस्तै भिक्टोरियामा पछिल्लो २४ घण्टामा ९ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार पिसिआर परीक्षणबाट ३ हजार ५९६ र एन्टिजेन परीक्षणबाट ५ हजार ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भिक्टोरियामा आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या ६३ हजार १४२ रहेको छ ।

पछिल्लो २४ घण्टामा क्वीन्सल्याण्डमा ८ हजार ४७८ जनामा कोरोना संक्रमण भएको छ । जसअनुसार पिसिआर परीक्षणबाट ३ हजार ५९८ र एन्टिजेन परीक्षणबाट ४ हजार ८८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्वीन्सल्याण्डमा संक्रिय संक्रमितको संख्या ६१ हजार २३८ रहेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ । क्वीन्सल्याण्डमा आज कोरोनाबाट कसैको मृत्यु भने भएको छ ।

यस्तै तास्मनियामा १६८३, एसीटीमा ७१८, उत्तरी क्षेत्रमा ३०९, साउथ अष्ट्रेलियामा ४०९६ र पश्चिम अष्ट्रेलियामा ६४३९ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अबधीमा साउथ अष्ट्रेलियामा एक र पश्चिम अष्ट्रेलियामा ३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?