प्रधानमन्त्री देउवाको सम्मानमा दिवाभोज


चैत १९, नयाँ दिल्ली । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा दिवाभोजको आयोजना गरे ।

दिवाभोजमा प्रधानमन्त्रीपत्नी डा. आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादव, मुख्यसचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीयसचिव भानबहादुर देउवा, परराष्ट्रसचिव भरतराज पौड्यालगायत सहभागी थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?