अष्ट्रेलियामा निर्माण गरिएको सर्ट फिल्म ‘फोटो फ्रेम’ सार्वजनिक (भिडियो)


मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा छायाँकन तथा निर्माण गरिएको सर्ट फिल्म ‘फोटो फ्रेम’ सार्वजनिक भएको छ । निर्माण पक्षले गत शनिबार युट्युब च्यानलमार्फत उक्त फिल्म सार्वजनिक गरेको हो ।

दिपेन्द्र तमुले निर्माण गरेको फिल्मको कथा प्रकाश पन्थीले लेखेका हुन् । उक्त फिल्ममा होबर्टमा वसोवास गर्दै आएका नेपाली युवाहरुले अभिनय गरेका छन् ।

ओस्कार सागरको मुख्य भुमिका रहेको फिल्ममा प्रर्जल सिंह प्रधान, रोजिना ताम्राकार र यान्जी शेर्पाको समेत अभिनय रहेको छ ।

फिल्ममा शहरमा कामको लागि गएको एक अन्तर्मुखी व्यक्तिको कथा देखाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?