रिहाना बनिन् सबैभन्दा धनी गायिका, कति छ उनको सम्पत्ति ?


एजेन्सी । रिहाना सबैभन्दा धनी गायिका भएकी छिन् । फोर्ब्सले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार अबरपति भएपछि उनी सबैभन्दा धनी गायिका भएकी हुन् ।

फोर्ब्सका अनुसार रिहानाको अहिलेको सम्पत्ति १.७ बिलियन अमेरिकी डलर रहेको छ । उनको सम्पत्तिको ठूलो हिस्सा फेन्टी ब्युटी कस्मेटिक कम्पनीबाट आएको छ ।

उनले संगीत र कलाकारिताबाट पनि करीब २७० मिलियन अमेरिकी डलर कमाएकी छिन् । उनी मनोरञ्जन क्षेत्रकी ओप्रा विन्फ्री पछिकी दोश्रो अरबपति पनि हुन् ।

रिहानाको नाम रोबिन फेन्टी हो । उनले २०१७ मा लक्जरी सामग्री निर्माता कम्पनी एलभीएमएचसँगको सहकार्यमा फेन्टी ब्युटी कम्पनी खोलेकी थिइन् ।

उक्त कम्पनीले रिहानालाई अरबपति बन्न ठूलो सहयोग गर्यो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?