भयावह स्थिति आउन नदिन सबै सचेत बनौं !


नेपालमा कोभिड १९ कोरोना संक्रमणले उचाई चढ्न थालेपछि सरकारले देशभरका विद्यालयहरु बन्द गर्दै काठमाडौं उपत्यकामा बिहीबारदेखि लागू हुने गरी एक साताकालागि लकडाउन गर्ने निर्णय गरेको छ । यस्तै विभिन्न प्रदेश सरकारहरुले पनि कोभिड १९ कोरोनाबाट सुरक्षित रहनका लागि लकडाउन नै उपयुक्त विकल्प रहने भन्दै यसतर्फ विचार गरिरहेका छन् ।

औषधि तथा स्वास्थ्य सामग्रीका पसल बाहेक सबै बन्द गर्ने निर्णय काठमाडौं उपत्यकामा रहेका तीन जिल्लामा योग लागू हुनेछ । सभा, सम्मेलन, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ सेन्टर, मनोरञ्जनस्थल, सैलुन, व्यूटीपार्लर, जीम, खेलकुद गतिविधिहरु, पुस्तकालय, संग्रहालय र चिडियाखाना बन्द गर्ने निर्णयमा भनिएको छ ।

खाद्यान्नका पसलहरु विहान केही घण्टा र साँझ केही घण्टा खुल्ला गर्न दिइनेछ । डिपार्टमेन्ट स्टोरका ग्रोसरी कक्षहरु भने दिउँसोभर खुल्नेछन् । यस्तै सरकारी कार्यालयहरु, बैंक तथा वित्तिय संस्था तथा अन्य अत्यावश्यक सेवा निे कार्यालयहरु खुल्नेछन् । यस्तो सेवामा रहनेहरुले परिचयपत्र देखाएर आवत जावत गर्न सक्नेछन् । विवाह र ब्रतबन्धमा १५ जनासम्म सहभागी हुन पाइनेछ भने ढुवानीका साधन, बिराम ितथा कुरुवा बोकेको एम्बुुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायका सवारी साधन मात्र सडकमा देखिनेछन् ।

यस्तै अन्तर्राष्ट्रिय उडानबाट विदेश जान लागेको अवस्थामा हवाई टिकट, भिसा र पासपोर्ट देखाएमा त्यहाँसम्म जान र फर्किन पाइनेछ ।
यो त भयो सरकारी आदेश, तर स्थिति जुन किसिमले छिमेकमा बिग्रिरहेको छ । नेपालमा त्यसको संकेतसम्म आइपुगेको अवस्थामा अब सतर्क बन्न ढिलो गर्न हुँदैन । लकडाउन प्रिय निर्णय होइन । तर, जीवन अमूल्य छ । त्यसको सामुन्ने आर्थिक उपार्जन, केही नाफा घाटाको हिसाब काम लाग्दैन ।
हामीले कोभिड १९ कोरोनाको संक्रमण सुरु भएदेखि गएको एक वर्षको समयमा कैयौं मानिसहरुलाई गुमाइसकेका छौं । भनिन्छ नि, अरुको लागि यो मात्र संख्या हो । तर, जसको परिवारको सदस्य गुमेको छ तिनीहरुको लागि सर्वश्व हो । यसैकारण सरकारी लकडाउनको पालनाका साथै सामाजिक दूरी, व्यक्तिगत स्वास्थ्य र सुरक्षा सतर्कतालाई आफ्नो बानी बनाउन सकेको अवस्थामा यसले कम्तिमा पनि कोभिड १९ कोरोना लाग्नबाट जोगाउनेछ । लागिहालेको अवस्थामा पनि ठूलो क्षति हुनबाट रोक्नेछ ।

नेपालमा एउटा उखान छ, जब पर्यो राति अनि बुढी ताती । भारतमा कोरोना फैलिएर भयावह बन्द बल्लतल्ल हाम्रो सोचमा लकडाउन, सतर्कताको कुरा आइरहेका छन् । तर, हामीलाई एक वर्ष अघिदेखि नै थाहा थियो यो दिन आउनसक्छ । यसको तयारीका लागि के भयो त ? यो प्रश्न हामीले सरकारलाई गर्ने मात्र होइन आफैंलाई पनि एकपटक गहिरिएर सोध्न आवश्यक छ ।

यो कठीन समयमा हामीले सबैभन्दा बढी आफ्नो परिवारको वरिष्ठ सदस्यहरको चिन्ता गर्न आवश्यक छ । कोरोनाको प्रहारले सबै उमेर समूहलाई छोएपनि बृद्धबृद्धाहरु विशेष प्रभावित बन्ने गर्दछन् । यसैकारण सकेसम्म अत्यावश्यक नपरी एकले अर्कालाई प्रत्यक्ष भेट्न पनि आवश्यक छैन ।

सरकारी निकायले पनि लकडाउन निषेधाज्ञा मात्र होइन जनचेतना निर्माणमा रकम खर्च गर्न आवश्यक छ । एक वर्षभन्दा बढी समयमा हामीले कोरोनालाई धेरै बुझिसकेका छौं । तर, काठमाडांैंका सडकहरुमा हेर्न गयो भने अहिले भीडभाडका दृश्य नै भेटिन्छन् । यो भनेको आम सर्वसाधारण प्रशासन सचेत बन्न सकेका छैनन् भन्ने गतिलो उदाहरण हा । यस्तो दृश्य कम्तिमा पनि अबको एक साता देख्न नपरोस् । त्यसपछि कोरोना नै नेपालमा देन्न नपरोस् । यही कामना गर्छौं । सचेत रहनुस् । सुरक्षित रहनुस् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?