कलाकारको फेसबुकमा ह्याकरको नजर, अकाउन्ट ह्याक गर्दै पैसा माग्न थाले


काठमाडाैँ । नेपाली कलाकारहरूको फेसबुक अकाउन्ट ह्याक हुन थालेको छ । कलाकार दिपक राज गिरीले बिहीबार फेसबुकमा पोस्ट गर्दै कलाकारहरूको फेसबुक ह्याक हुन थालेको जानकारी दिएका हुन् ।

उनले फेसबुकमा लेखे अनुसार अहिले कलाकार तथा निर्देशक दीपाश्री निराैला र सरोज खनालको फेसबुक ह्याक भएको छ । ह्याकरले कलाकारको फेसबुक ह्याक गर्दै पैसा माग्न थालेको भन्दै सचेत रहन अनुरोध गरेका छन् ।

‘दीपाजी को फ़ेसबुक ह्याक भएको छ । सरोज खनाल दाइको पनि फ़ेसबुक ह्याक भएको छ । ह्याकरले चलचित्रकर्मीको फेसबुक ह्याक गर्दै पैसा माग्न थालेको छ । अतः सजक हुनुहोला’, दीपकले फेसबुकमा लेखेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?