‘ए मेरो हजुर-४’को रिलिज मिति तय


काठमाडाैँ । नायिका झरना थापाद्वारा निर्देशित फिल्म ‘ए मेरो हजुर-४’को रिलिज मिति तय भएको छ । फिल्मका निर्माता दिपक थापाले फेसबुकमा एक स्टाटस लेख्दै फिल्मको रिलिज डेटबारे जानकारी दिएका हुन् ।

निर्माता थापाका अनुसार यो फिल्म ही भदौ १८ गतेबाट चलचित्र प्रदर्शनमा आउने छ । कोरोना भाइरसका कारण सुटिङमा प्रभाव परेको यो फिल्मको अहिले लगभग सबै सुटिङ सकिएको बताइएको छ ।

फिल्ममा झरना थापाकी छोरी सुहाना थापा र अनमोल केसीको प्रमुख भूमिका रहेको छ ।

त्यस्तै, झरना थापा र छेतेन गुरुङको कथा, मन्दिप गौतम, प्रतिक पौडेल र उपकार पाण्डे, झरना थापाले पनि यो फिल्मा अभिनय गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?