बलिउड फिल्म निर्माता फिरोजको घरमा एनसीबीको छापा, श्रीमति पक्राउ !


एजेन्सी । घरमा ड्रग्स भेटिएपछि बलिउड फिल्म निर्माता फिरोज फिरोज नाडियाडवालाको घरमा छापा मारेको छ । आइतबार भएको यो छापामारीमा नाडियाडवालाको घरबाट करिब १० ग्राम गाँजा र तीन मोबाइल फोन जफत गरिएको छ । फिरोजकी श्रीमती शबाना सईदलाई एनबीसीले पक्राउ गरेको छ । छापामारी हुँदा फिरोज घरमा थिएनन् ।

एनसीबीले उनलाई सोधपुछका लागि पत्र पठाएको छ । अनुसन्धान एजेन्सीले हिरासतमा लिइएका केही संदिग्धसँगको सोधपुछका क्रममा फिरोजको नाम सार्वजनिक भएको समाचारमा जनाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?