सुशान्तकी बहिनी श्वेताले इन्सटाग्राम र ट्वीटर अकाउन्ट एक्कासी किन डिलिट गरिन् ?


एजेन्सी । दिवंगत भारतीय अभिनेता सुशान्त सिंह राजपुतकी बहिनी श्वेता सिंह कृतिले बुधवार आफ्नो इन्स्टाग्राम र ट्विटर अकाउन्ट  डिलिट गरेकी छन् । श्वेताले सुशान्तको मृत्युको ठीक चार महिना पछि इन्स्टाग्राम र ट्विटरबा बाहिरिएकी हुन् । उनले मंगलबार राती इन्स्टाग्राममा सुशान्तको एक भिडियो पोस्ट गरेकी थिइन् ।

भिडियोमा सुशान्त कडा मेहनत गरिरहेका देख्न सकिन्छ । सुशान्तले शारीरिक कसरत गरेका गतिविधीहरु समेटिएको उक्त भिडियो दुई मिनेटको छ । श्वेता सिंह कीर्तिले पोस्ट गरेको भिडियोको क्याप्शनमा लेखेकी छन, साँचो प्रेरणा हस्टागिमोर्टल्सन्ट, अचानक अकाउन्ट  हराउनु प्रशंसकका लागी सामान्य कुरा होइन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त क्याप्शनको स्क्रीनशट गरेर पोस्ट गरेका छन् । सुशान्तकी बहिनी श्वेताले सामाजिक सञ्जाल मार्फत आफ्ना दाजुको न्याएका लागि मदत माग्दै आएकी छन् । श्वेताले विगतमा सुशान्तको मृत्युको छानबिन गर्न नयाँ अभियान सुरु गरेकी थिइन् । उनले सुशांतका प्रशंसकलाई प्रधानमन्त्री मोदीलाई मन की बात मा सन्देश पठाउन अनुरोध गरेकी थिइन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?