भारतमा सात महिनापछि सिनेमा हल खुल्ला !


नयाँ दिल्ली । भारतमा कोरोना भाइरस महामारीका कारण बन्द भएका सिनेमा घर सात महिनापछि खोलिने भएको छ । कोरोना भाइरस महामारीका बीच आजदेखि भारतमा सिनेमा हल सञ्चालनमा आएका छन् ।

भारत सरकारले गत सेप्टेम्बरमै १५ अक्टोबरदेखि हल सञ्चालन गर्न अनुमति दिएको हो । सोही निर्णयअनुसार एउटा राज्यबाहेक भारतका सबै ठाउँमा हल सञ्चालनमा आउन लागेको भारतीय मिडियाहरूले जनाएका छन् ।

एक सोका लागि ५० प्रतिशत मात्र दर्शक हुनुपर्ने, अनलाइनबाटै टिकट काट्ने व्यवस्था गर्नुपर्ने सरकारले मापदण्ड बनाएको छ । कोरोना संक्रमण फैलिएसँगै भारतमा चैतदेखि सिनेमा हल बन्द गरिएको थियो । केन्द्र सरकारले हल खुलाउन अनुमति दिएसँगै मल्टिप्लेक्स र सिंगल थिएटरहरू प्रदर्शनका लागि तयार भएर बसेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?