‘केजिएफ–२’को सुटिङ सुरू, कहिले हुँदैछ रिलिज ?


एजेन्सी । एक वर्षअघिको सफल फिल्म ‘केजिएफ’को सिक्वेल ‘केजिएफ–२’को सुटिङ सुरू भएको छ । कोरोना भाइरसको महामारीका कारण लामो समय रोकिएको सुटिङ एस शाहले पुनः सुरू गरेका हुन् ।

फिल्मका निर्माताले सबै कलाकारहरू काममा फर्किएको बताउँदै फिल्मको सुटिङ सुरू भएको जानकारी दिएका हुन् । भारतीय मिडियमा उल्लेख भए अनुसार अहिले यो फिल्म माल्पेको नजिकै सुटिङ भइरहेको छ ।

यो फिल्ममा पनि एस शाह र श्रीनिधि सेट्टी लिड रोलमा हुनेछन् । एसका साथ साथै फिल्ममा सञ्जय दत्त, प्रकाश राज, रवीना टन्डन र सोनु गोवडा लगायतका कलाकारहरू देख्न सकिनेछ ।

केजिएफका निर्देशक प्रशान्त नीलले यो फिल्मको कथा लेखेका हुन् । अक्टोबर २३ रिलिज हुने भनिएको यो फिल्म अब २०२१ को जनवरीमा रिलिज हुनसक्ने सम्भावना रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?