अभिनेत्री कंगना रनौतविरुद्ध मुद्दा दर्ता !


एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध मुद्दा दर्ता भएको छ । कर्नाटाकस्थित तुमकुरु जिल्ला प्रहरीमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो । किसानका बारेमा कंगनाले लेखेको ट्विटले शान्ति सुव्यवस्थामा खलल पुर्‍याएको भन्दै उनीविरुद्ध मुद्दा दायर गरिएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

तुमकुरुको पहिलो तहको न्यायिक मेजिस्ट्रेटको अदालतका वकिल रमेश नाइकले मुद्दा दर्ता गरेका थिए । कंगनाले पछिल्लो समय सामाजिक सञ्जाल र मिडियामा मोदी सरकारको प्रशंसा र बचाउ गर्न थालेकी छन् ।

कंगनाले ट्वीट यस्तो छ , प्रधानमन्त्री जी, कोही सुतिरहेको छ भने उसलाई उठाउन सकिन्छ । गलत बुझाइ हुनसक्छ । उसलाई सम्झाउन सकिन्छ । तर जो सुतेको अभिनय गरेको हुन्छ, नसम्झिएको अभिनय गरेको हुन्छ, उसलाई तपाईँले सम्झाउदैमा के फरक पर्ला र ? यो उही आतंकी हो, सीएए (संशोधित नागरिकता कानुन) बाट एक जनाको पनि नागरिकता गएन बरु उनीहरुले रगतको नदी बगाइदिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?