भारतीय मिडियाविरुद्ध ३८ बलिउड फिल्म निर्माताले मुद्धा हाले !


एजेन्सी । बलिउडका दिग्गज प्रोडक्शन हाउसहरूले भारतीय मिडियाबिरूद्ध बोलेका छन् । उनीहरुले बलिउडको बारेमा गलत प्रचार गरेको आरोप लगाइएका छन् । बलिउड अभिनेता सलमान खान, आमिर खान, अक्षय कुमार, अजय देवगन, अनिल कपूर र शाहरुख खानसहित फिल्म निर्माताहरुले सोमबार दिल्ली उच्च अदालतमा मुद्धा दायर गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बलिउड बिरूद्ध गैरजिम्मेवारपूर्ण र अपमानजनक टिप्पणी गर्न रोक्न मुद्धा दायर गरिएको उनीहरुले बताएका छन् । रिपब्लिक भारतका संचालक अर्नव गोस्वामी, प्रदिप भण्डारी, टाइम्स नाउका पत्रकार रवि शंकर र नविका कुमारविरुद्ध बलिउड एकजुट भएका छन् ।

त्यस्तै रिटमा यसअघि प्रकाशन तथा प्रशारण भएका समाचार सामग्रीहरुमा आपत्तीजनक, अश्लिल र अपमानजनक भाषाहरु तत्काल हाउनपनि माग गरिएको छ । बलिउड र यसका सदस्यहरु विरुद्ध गैर जिम्मेवार र अपमानजनक टिप्पणी गरेको आरोप लगाइएको छ ।

अन्य मुद्धा दिनेमा द प्रोड्यूसर्स गिल्ड ऑफ इंडिया, द सिने ऐंड टीवी आर्टिस्ट एसोसिएशन, द फिल्म ऐंड टीवी प्रोड्यूसर्स काउंसिल, स्क्रीनराइटर्स एसोसिएशन, आमिर खान प्रोडक्शंस, ऐड–लैब फिल्म्स, अजय देवगन फिल्म्स, आंदोलन फिल्म्स, अनिल कपूर फिल्म ऐंड कम्युनिकेशन नेटवर्क, अरबाज खान प्रोडक्शंस, आशुतोष गोवारिकर प्रोडक्शंस, बीएसके नेटवर्क ऐंड एंटरटेनमेंट, केप ऑफ गुड फिल्म्स, क्लीन स्लेट फिल्म्स रहेका छन् ।

यस्तै धर्मा प्रोडक्शंस, एमे एंटरटेनमेंट ऐंड मोशन पिक्चर्स, एक्सेल एंटरटेनमेंट, फिल्मक्राफ्ट प्रोडक्शंस, होम प्रोडक्शन, कबीर खान फिल्म्स, लव फिल्म्स, मैकगफिन पिक्चर्स, नाडियाडवाला ग्रैंडसन एंटरटेनमेंट, वन इंडिया स्टोरीज, राकेश ओमप्रकाश मेहरा पिक्चर्स, रेड चिलीज एंटरटेनमेंट, रिलायंस बिग एंटरटेनमेंट, रील लाइफ प्रोडक्शंस, रोहित शेट्टी पिक्चर्स, रॉय कपूर प्रोडक्शंस, सलमान खान वेंचर्स, सोहेल खान प्रोडक्शंस, सिख्या एंटरटेनमेंट, टाइगर बेबी डिजिटल, विनोद चोपड़ा फिल्म्स, विशाल भारद्वाज फिल्म, आर.एस.एंटरटेनमेंट र यशराज फिल्म्स रहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?