कोसँग हुँदैछ आदित्य नारायणको विवाह ?


एजेन्सी । उदीत नारायणका छोरा आदित्य नारायणले यसै वर्ष विवाह गर्ने उल्लेख गरेका छन् । आदित्यले सोमबार सामाजिक सञ्जालमा प्रेमीका श्वेता अग्रवालसँगको फोटो सेयर गर्दै यसै वर्ष विवाह गर्ने बताएका हुन् ।

आदित्य र श्वेता लामो समय प्रेम सम्बन्धमा रहेको बताइन्छ । २०१० मा ‘शापित’ फिल्ममा काम गर्दा उनीहरूको पहिलोपटक भेट भएको थियो । ‘शापित’ उनीहरू २ जनाको नै डेब्यु फिल्म हो ।

१० वर्षदेखिको प्रेम सम्बन्धबारे उनले कहिल्यै नलुकाएको बताएका छन् । यद्यपी कुनै समय सम्बन्धको बारेमा बोल्न बन्द गरेको पनि उनले स्वीकार गरेका छन् ।

आदित्यले उनीहरूबीचको विवाह औपचारिकता पूरा गर्ने माध्यम मात्रै हुने उल्लेख गरेका छन् । उनीहरूको विवाह नोभेम्बर वा डिसेम्बरमा हुने आदित्यले बताएका छन् ।

गायन र अभिनयसहित आदित्य रियालिटी शोमा उद्घोषणका लागि पनि लोकप्रिय छन् । त्यसैगरी श्वेताले पनि दक्षिण भारतीय फिल्मका हस्ती प्रभास र किच्छा सुदिप लगायत अन्य अभिनेताहरूसँग काम गरिसकेकी छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?