रोहनप्रीतसँगको फोटो राख्दै नेहाले लेखिन् ‘यु आर माइन’


एजेन्सी । भारतीय गायिका नेहा कक्कडले रोहनप्रीत सिंहसँग प्रेम सम्बन्ध जोडेकी छिन् । गायिका नेहाले सिंहसँगको प्रेमबारे इन्स्टाग्राममा फोटो पोस्ट गर्दै जानकारी दिएकी हुन् । उनले शुक्रबार बिहान रोहनप्रीतसँगको फोटो पोस्ट गरेकी छन् ।

इन्स्टामा पोस्ट गरेको फोटोमा नेहाले रोहनप्रीतलाई ट्याग गर्दै ‘युआर माइन’ लेखेकी छिन् भने रोहनप्रीतले पनि ‘मिट माई जिन्दगी’ भन्दै फोटो पोस्ट गरेका छन् ।

गायिका नेहाको विवाहबारे हल्ला फैलिइरहेको बेला उनीहरूले आफ्नो सम्बन्धको जानकारी दिएका हुन् । उनीहरू चाँडै नै वैवाहिक जीवनमा जोडिन लागेको पनि बताइएको छ ।

रोहनप्रीत गायन रियालिटि शो राइजिङ स्टार सिजन २ का प्रतिस्पर्धी हुन् । उनी २००७ को सारेगमप लिल च्याम्पसमा पनि सहभागी भएका थिए । रोहनप्रीत यसै वर्षको सुरूमा कलर्स टिभीको ‘मुझ्से सादी करोगी’मा पनि देखिएका थिए ।

एक आपसका फोटो तथा भिडियो पहिलेदेखि नै सामाजिक सञ्जालमा राख्दै आएता पनि उनीहरूले शुक्रबार आधिकारिक रूपमा आफ्नो सम्बन्धबारे खुलस्त पारेका हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?