रिया चक्रवर्तीको घरमा सिसिटिभी, आमा चिन्तित


एजेन्सी । अभिनेत्री रिया चक्रवर्तीलाई लागुपदार्थको मुद्दामा जमानत मिलेसँगै उनले एक महिनापछि आफ्नो परिवारसँग भेट्ने अवसर पाएकी छिन् । लामो समयपछि रिया चक्रवर्तीलाई रिहा गर्ने निर्णयको फैसलाको उनका समर्थकहरूले स्वागत गरेका छन् ।

उनका समर्थकहरूले न्यायको जीत भएको भनिरहँदा उनी आमाले पनि यसबारे प्रतिक्रिया जनाएकी छन् ।

रिया कस्टडीमा भएको बेला उनको स्वास्थ्य अवस्थालाई लिएर उनकी आमा सन्ध्या भावुक भएकी थिइन् । रियाले रिहा पाउनु महत्वपूर्ण रहेको बताएकी उनले रियालाई थप मजबुद हुन सुझाव दिएकी छन् । तर, रियाको रिहाइमा खुशी देखिएकी उनी छोरा सोविकको विषयलाई लिएर भने चिन्तित नै छिन् । छोरा सोविक अझै पुलिस कस्टडीमा नै छन् ।

उनले आफ्नो छोराले कस्टडीमा धेरै पीडा भोगीरहेको जस्तो महशुस गरेको उल्लेख गरेकी छिन् ।

घरमा राखिएको सिसिटिभी क्यामेरालाई लिएर सन्ध्या त्रसित भइरहेकी छिन् । आफ्नो घरको नीजि क्रियाकलापसमेत कसैले चियोचर्चा गर्ने भन्दै सन्ध्या चक्रवर्तीले घरमा त्रासपूर्ण वातावरण भएको समेत उल्लेख गरेकी छन् ।

उनले आफ्नी छोरी रिया र छोरा सोवितलाई सुशान्त मृत्युबारे अनावश्यक झमेलामा मुछिएको आरोप समेत लगाएकी छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?