होबार्टमा नेपाली फिल्म ‘आमा’ प्रदर्शन हुँदै, दुई सयको हलमा ५० जनाले हेर्ने व्यवस्था


होवार्ट, तास्मानिया ।

कोरोना महामारीले विश्वलाई नै गाँजेको बेला सबैभन्दा बढी प्रभावित बनेको छ मनोरञ्जन क्षेत्र । चलचित्र होस् या अन्य मनोरञ्जन । सबै ठप्प छ । हलिउडका चलचित्र, बलिउडका चलचित्र अपाm्नो प्रदर्शन डेट सारिरहेका छन् या त डिजिटल प्लेटफर्ममा रिलिज गर्दैछन् । यस्तै मेसो कलिउडमा पनि चलिरहेको छ । तर, नेपाली चलचित्रका लागि अष्ट्रेलियाको सुन्दर राज्य तास्मानियाबाट भने खुशीको खबर आउँदैछ । हो, होबार्टमा यतिबेला दशैंको अवसर पारेर नेपाली चलचित्र आमाको प्रदर्शन गर्ने तयारी गएिको छ ।

कोरोनाको संक्रमण नदेखिए पनि राज्यमा उच्च सतर्कता अपनाइएको छ । धेरै मानिस भेला हुन पाउँदैनन् । सामाजिक दूरी कायम गर्नुपर्छ । यसैकारण २ सय जना अट्ने सिनेमा हलमा एक शोमा जम्मा ५० जनाले यो चलचित्र हेर्न पाउनेछन् ।

एएसएपी इन्टरटेनमेन्ट अस्ट्रेलिया प्रालिको पहलमा तास्मानियाको होवर्ट स्थित स्टेट सिनेमामा आमा चलचित्र प्रदर्शन हुने भएको होे । आमा चलचित्रका सहनिर्माता समेत रहेका सन्तोष अधिकारीका अनुसार सेप्टेम्बर २० तारिख स्टेट सिनेमा हलमा साँझ ६ बजे चलचित्रको प्रथम प्रदर्शन गरिने भएको छ । लकडाउन हुनुअघि निकै चर्चा बटुलेको चलचित्र आमा विदेशमा बस्ने नेपालीहरुको लागि अझ विशेष छ । सन्तोष भन्छन्, चलचित्र क्षेत्र नै हल न चलको अवस्थामा रहेको बेला यो धेरैका लागि खुशीको खबर हुनसक्छ । यसरी पनि चलचित्र प्रदर्शन सुरु गर्न सकिन्छ भन्ने सन्देश जाओस् भन्ने कामना हो । हाम्रो महान चाड दशैंको बेलामा त्यो पनि विदेशी भूमिमा आफ्नै भाषाको चलचित्र हेर्न पाउनु खुशीको कुरा हो ।

दिपेन्द्र के खनालको निर्देशनरहेको चलचित्रमा अभिनेत्री मिथिला शर्मा केन्द्रीय भूमिकामा छिन् भने नायिका सुरक्षा पन्त छोेरीको भुमिकामा छिन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?