धराैटिमा छुट्ने भइन् रिया चक्रवर्ती


एजेन्सी । रिया चक्रवर्ती धराैटीमा छुट्ने भएकी छिन् । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा पक्राउ परेकी रिया करीब एक महिनापछि छुट्ने भएकी हुन् ।

बम्बईको विशेष अदालतले हिजो अर्थात् मंगलबार अक्टोबर २० सम्म रिया र उनका भाई सोविकलाई न्यायिक हिरासतमा राख्ने प्रक्रिया अघि बढाएको थियो । तर पनि उनको वकिलको आग्रहमा रियालाई धराैटिमा छोड्न आदेश दिइएको हो ।

सुशान्त सिंह राजपुत जुन १४ मा आफ्नै अपार्टमेन्टमा मृत अवस्थामा फेला परेका थिए । अनुसन्धान गर्दै जाँदा अनुसन्धानको दायरा लागु औषधसम्म पुग्दा रिया र सोविकलाई एनसीबीले पक्राउ गरेको थियो ।

रियामाथि सुशान्तलाई लागु औषध किन्न सहयोग गरेको जस्ता आरोप लागेको छ । उनी सेप्टेम्बर ८ तारिखमा पक्राउ परेकी थिइन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?