सिनेमाघर सञ्चालनमा आउँदै, ५० प्रतिशत मात्र दर्शक राख्न पाइने !


भारत केन्द्र सरकारले लकडाउन यता ठप्प रहेका सिनेमाघरहरू पुनः सञ्चालनमा ल्याउने अनुमति दिएको छ । त्यहाँको गृह मन्त्रालयले पाँचौ चरणमा जारी भएको निर्देशिकामा सिनेमा क्षेत्रलाई राहत दिने निर्णय भएको हो। अक्टोबर १५ देखि सिनेमाघहरू ५० प्रतिशत अकुपेन्सीका साथ सञ्चालन हुन पाउने छन् ।

भारतमा मार्च तेस्रो सातादेखि लकडाउन भएको हो । सिनेमाघरहरू भने मार्च १४ देखि नै ठप्प रहे। सबैभन्दा सुरुमा बन्द हुने उद्योग हो सिनेमा ।


महाराष्ट्र सरकारले भने अक्टोबर ३१ अघि सिनेमाघर सञ्चालनमा नल्याउन निर्देशन दिएको छ। पश्चिम बंगालमा सुरक्षा मापदण्ड अपनाउँदै अक्टोबर १ देखिनै सिनेमा हल खुल्दै छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?