बलिउड निर्माता अनुरागविरुद्र्ध बलात्कारको आरोप !


बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपलाई प्रहरीले बलात्कारको आरोपमा कार्यालयमा बोलाएको छ ।

मुम्बईको वर्सोवा प्रहरी चौकीले भोलि १ अक्टोबर बिहान ११ बजे कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो । कार्यालयमा उनीमाथि सोधपुछ हुने प्रहरीले जनाएको छ । उनीविरुद्ध नायिका पायल घोषले बलात्कार आरोपमा मुद्दा हालेकी थिइन् । सोही आरोपमा सोधपुछका लागि उजुरी दिएको एक सातापछि प्रहरीले बोलाएको हो ।

यसअघि पायलले उनलाई पक्राउ गरेर अनुसन्धान नगरिए अनसन बस्ने चेतावनी दिएकी थिइन् । त्यसका साथै उनले मुम्बईका राज्यपाल भगत सिंह कोश्यारीसँग भेट गरेकी थिइन् । उनीसँगको भेटका क्रममा अनुरागबाट आफ्नो ज्यानको खतरा रहेको बताएकी थिइन् ।

“बलात्कारी आरोपित सडकमा खुलेआम हिडिरहेको छ । मलाई सुरक्षा खतरा बढ्यो,” उनले कोश्यारीसँग आग्रह गरेकी छिन्, “राज्यले सुरक्षा प्रदान गर्नुपर्‍यो।” २२ सेप्टेम्बरमा पायलले अनुरागविरुद्ध बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । उनले सन् २०१३ मा वर्सोवामा यारी रोड नजिकै आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन् । एजेन्सी

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?