‘डान्सिङ विथ दि स्टार्स नेपाल’ मा फुलन्देकी आमाको बबाल डान्स !


काठमाडौँ । विश्वकै नम्बर १ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को २ वटा भाग शुक्रबार र शनिबार सम्पन्न भएका छन् । हिमालय टेलिभिजनमा हरेक हप्ता शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि यो शो प्रशारण हुँदै आएको छ ।

शोको पहिलो र दोश्रो भागमा ११ जना स्टार प्रतिस्पर्धीले आफ्ना कोरियोग्राफरसँग नृत्यकला प्रस्तुत गरेका छन । यो शोमा नायक दीलिप रायमाझी, नायिका गौरी मल्ल र कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राई निर्णायकको भुमिकामा रहेका छनु ।

शोको पहिलो संस्करणमा हाँस्य कलाकार उमेश राई (फुलन्देकी आमा) ले तिम्रो कम्मरको ट्याटुले बोलको गीतमा नृत्य गरेका थिए । नायक दिलिप रायमाझीले फुलन्देकी आमो बबाल डान्स धमकाको खुलेरै प्रसंसा गरेका थिए । नायक रायमाझि मञ्चमै गएर फुलन्देकीआमा संग डान्ससमेत गरेका थिए ।

अन्य जजहरुले पनि फुलन्देकी आमाको नृत्यु मन पराएको बताएका थिए । दर्शकले अध्याधिक रुचाइएको ‘डान्सिङ विथ दि स्टार्स को पहिलो भाग युटुबको ट्रेन्डिङमा रहेको छ । शोमा सबै प्रतिस्पर्धीले उत्कृष्ट प्रदर्शन गरेपछि निर्णायकहरु खुशी थिए ।

शोमा फुटबल खेलाडी हरि खड्का, लोकगायिका ज्योती मगर, कलाकार प्रशान्त ताम्राकार, गायक बुद्ध लामा, कलाकार रक्षा श्रेष्ठ, हाँस्य कलाकार उमेश राई, नायिका सुमी मोक्तान, ब्लाइन्ड रक्स गायिका श्रृष्टी केसी, कलाकार पूजा ठाकुर, टिकटक क्युन दीपा–दमयन्ता, बाल कलाकार देबयान्सी बैदवार रहेका छन् । हरेक हप्ता एक जना प्रतिस्पर्धी निर्णायकको मत र दर्शकको भोटको आधारमा शोबाट बाहिरिनेछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?