रूवाउने हिरोइन निरूता !


झट्ट हेर्दा सांच्चि कै रोमान्टिक लाग्दछिन निरूता सिंह ।उनको सभ्य र सिष्ट बोलीबचन अनि मन लोभायाउंने अदा । निरूताको तारिफ त गजबै तरिकाले गर्ने गरिन्छ । पहिरन र बाहिरी हाउभाउ आधुनिक र समय अनुसार भएता पनि नेपाली सिनेमाका उनका प्रशंसकहरूले भने निरूतालाई सिनेमाको पर्दामा आधुनिक भन्दा पनि पिडित,रोनाधोना,गरीब र असहाय नारी,बुहारी वा श्रीमतीको भूमिकामा मन पराए ।निरुतालाई यी र यस्ता भूमिकामा हेर्न चाहने दर्शकहरूले निरूतालाई पर्दामा यस्तो भूमिकामा देख्दा त्यो भूमिकामा आफूलाई नै पाएको र आफ्नै घर वा परिबारको कथा त्यसमा झल्केको पाउंदथे ।

बिशेस गरेर महिला दर्शकहरूबाट अत्याधिक माया, साथ र वाहवाही हात पारेकी निरूतालाई तुलसी घिमिरेको चलचित्र दक्षिणाले चिनायो मात्र ।पछी ठूल्दाई,आफ्न्त, आफ्नो मान्छे,चाँदनी,नाता रगतको ,दर्पण छायां र दोधार लगायतका चलचित्रहरूले चर्चा र सफलताको चरमचुलीमा पुर्यायो ।

आफ्नो मान्छेमा अभिनेता श्रीकृष्णसंग निरूताले निभाएको पिडित बुहारी र दुखी धर्मपत्नीको भूमिकाले त धेरै महिला दर्शकहरूलाई हलमा नै रून बाध्य बनायो । यो चरित्र आज पनि दर्शकहरूको आंखाबाट हटेको छैन । यो चलचित्रका तीन खम्बा निर्देशक शिब रेग्मी, निर्माता केशव भट्टराई र नायक श्रीकृष्ण यतिबेला यो संसारमा हुनुहुन् तर,पनि निरूताको जिबनमा यो चलचित्र कालजयी सिनेमाको रूपमा स्थापित छ ।

नेपाली सिनेमा क्षेत्रमा एउटा बिशिष्ठ पहिचान बनाएकी निरूताले माइली वा दुइ पल लगायतका केही चलचित्रमा निभाएको आधुनिक यूबतीको भूमिकालाई उनका फ्यानहरूले खासै मन पराएनन् ।

नेपाली सिनेमा क्षेत्रमा एउटा बिशिष्ठ पहिचान बनाएकी निरूताले माइली वा दुइ पल लगायतका केही चलचित्रमा निभाएको आधुनिक यूबतीको भूमिकालाई उनका फ्यानहरूले खासै मन पराएनन् । चलचित्र ठूल्दाईमा निरूताले निभाएको सशक्त भूमिकाको अगाडि उनले काम गरेका रोमान्टीक भूमिकाका चलचित्रहरू सधै फिका नै रहंदै आए ।आफ्न्त, आफ्नो मान्छे,माइती,दोधार,ठूल्दाई, चाँदनी लगायतका अन्य चलचित्रहरूको सफलतासंगै उनले कहिले पनि पछाडि फर्केर हेर्नु परेन । दर्पण छायांले त निरूताई अब कहिले पनि निरूताले चलचित्र नखेले पनि उनि कालजयी हिरोइन बनिन भन्नेसम पुर्यायो । बिशेस गरेर महिला दर्शकहरूको नजर र मनमा बस्न सफल निरूता सिंह बजार र सिनेमा क्षेत्रमा टिकीरहने सक्ने संभावना हुंदा हुंदै पनि केही समय अगाडिदेखी भारततिर बसोबास गर्न थालिन । उनि नेपाली चलचित्र क्षेत्रवाट टाढीन थालेको आभाष पनि हुन थालेको छ फ्यानहरूलाई ।

त्यसो त,उनले आफ्नो छबि स्थापित गरेको खालका चलचित्रहरूको निर्माणामा कमी आउंनु र निरूताई सुहाउने भूमिका नहुनु पनि उनी क्रमश टाढीनुको कारण केही हदसम्म मान्ने गरिएको छ । तर, यो मात्र सम्पूर्ण कारण भने नहुन पनि सक्छ,तर निरूता आफू टाढीनुलाई भने अन्य कारण मान्छीन ।

आज पनि निरूताई नेपाली चलचित्र क्षेत्रले एउटा उदाहरणीय र उच्चकोटीको हिरोइनको रूपमा लिने गर्दछ । सासु र बुहारीको कथाले पर्दामा बजार तंताउंदा घरकी बुहारीलाई सिनेमा हल्लसम्म तान्न त्यो सिनेमामा निरूता हुनै पर्नेसम्मको अबस्था थियो । कलाकारले पिडित बुहारीको कथा तयार पार्यो भने पहिला प्रस्ताव जान्थ्यो निरूताई ।त्यसैले त बुहारी दर्शकहरूले उनको बारेमा भन्ने गर्दथे ‘ हामी बुहारीहरूकी हिरोइन निरूता ‘।

समग्र रूपमा नेपाली चलचित्रको बजार बढाउंन र बिस्तार गर्न अरू कलाकार र प्रबिधिकहरू जस्तै निरूताको योगदान र समर्पणलाई पनि कम आँकलन गर्न मिल्दैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?