अमेरिकामा छायांकन गरिने ‘रेड वाईन’मा पल र साम्राज्ञी !


काठमाडौं ।

लामो समयदेखी सन्चार क्षेत्रमा सक्रिय रमेश एम के पौडेल सन्चार क्षेत्रसंगै चलचित्र निर्माण क्षेत्रमा पनि सक्रिय रहंदै आएका छन । हाल बोधी एचडी टिभी नेपाल र अमेरिका मार्फत सन्चार क्षेत्रलाई निरन्तरता दिइरहेका पौडेलले यस अघि रूद्रप्रिया र रज्जा रानी चलचित्र निर्माण गरिसकेका छन ।

हाल अमेरिकामा रहेका पौडेल अब अर्कों चलचित्रको निर्माणमा जुटेका छन । अमेरिकामा नै सम्पूर्ण छायांकन गरिने यो चलचित्रको नाम राखिएको छ रेड वाइन ।

बिशुद्ध रूपमा प्रेम कथामाथि आधारित यो चलचित्रमा पहिलोपटक पल शाह र साम्राज्ञी आरएल शाहको जोडी बांधिने भएको छ । यो चलचित्र मार्फत निर्माता रमेश एम के पौडेल निर्देशकको रूपमा आउने भएका छन । चलचित्रमा कथा, गीत लेखन र निर्देशक पौडेलकै रहने छ । पल र साम्राज्ञीको साथमा सन्दिप क्षेत्री र अमेरिकामा नै बसोबास गर्ने इमिली लामाले पनि चलचित्रमा अभिनय गर्दैछिन । इमिलिले अमेरिकामा बनिरहेका म्यूजिक भिडियोहरूमा काम गरिरहेकी छिन । चलचित्रमा अमेरिकाका चर्चित र स्थापित ब्याबसायी पासांग लामा र आर्यन पौडेलको लगानी रहने छ । चलचित्रको सह निर्मातामा निरू भण्डारी रहेकी छिन ।

आर्यन फिल्मस् प्रोडक्शन प्रा। लि र बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण हुने यो चलचित्रको पटकथा र सम्बाद सबिर श्रेष्ठले तयार पारेका हुन । यो चलचित्रको सम्पूर्ण छायांकन कोरोनाको अबस्था हेरेर दशै र तिहारको बिचमा अमेरिकामा गरिने तयारी भैरहेको छ । चलचिमा ८८४८ मिडियाको पनि आबद्दता रहने छ ।

तस्बिर: बिनोद पोखरेल

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?