बिहीवार उपत्यकाका ८७ सहित देशभर थप ३६० जनामा कोरोना संक्रमण पुष्टि !


देशभरमा आज काठमाडौँ उपत्यकाका ८७ सहित थप ३६० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशरभरका प्रयोगशलामा गरिएको पिसिआर परीक्षणमा ३६० जना सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल सक्रिय सङ्क्रमित ६ हजार २९६ रहेको बताए । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ ।

काठमाडौं उपत्यकामा आज ८७ जना संक्रमित थपिएका छन् । जस मध्ये काठमाडौंमा ७६ , भक्तपुरका १ र ललितपुरका १० जना छन् । सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पछिल्लो २४ घण्टामा २३३ जना रहेको छ । आजसम्म १५ हजार ३८९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?