प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमारलाई कोरोना संक्रमण पुष्टि !


प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार साँझ आएको रिपोर्टमा मन्त्री यादवको कोरोना रिपोर्ट पोजेटिभ भएको जनाइएको छ । मन्त्री यादवलाई मधेस भवनमा रहेको निवासकै आइसोलेसनमा राखिएको छ । मन्त्रालयका अन्य सात जनामा पनि कोरोना संक्रमण देखिएको छ । तिमध्ये एक ४२ वर्षीया महिला छिन् । संक्रमित कर्मचारीहरु २८ देखि ५२ वर्ष उमेर समुहका छन् ।

संक्रमित कर्मचारीहरुको पद खुलाइएको छैन्। उनीहरुको अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.विजय झाले जानकारी दिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?