लेबनान विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुग्यो


लेबनानको राजधानी बेरुतमा भएको विनाशकारी विस्फोटन मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ । चार हजारभन्दा धेरै मानिस घाइते भएका छन् । मंगलबार विष्फोटक पदार्थ भण्डारण गरिएको स्थानमा भयानक विष्फोट भएको थियो । राष्ट्रपति माइकल आउनले अनुसार असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बताएका छन् ।

लेबनान सरकारले यो विष्फोटको अनुसन्धान सुरु गरिसकेको जनाएको छ । अनुसन्धानका लागि बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको छ । विष्फोट यति भयानक थियो कि त्यसको आवाज करिब २४० किलोमिटर टाढा रहेको साइप्रससम्म सुनिएको थियो । विष्फोटका कारण भवनहरु भत्किएर खण्डहरमा परिणत भएका छन् । टाढा–टाढासम्मका भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?