मेक मनी रेकर्डसमा उज्वलको “उपदेश” कस्तो छ ? (भिडियोसहित)


मेलबर्नमा रही संगीत सिर्जनामा तल्लीन उज्वल घिमिरेले आफ्नो नयाँ गीत उपदेश बजारमा ल्याएका छन् । आफ्नै युट्युब चयानल मार्फत सार्वजनिक गरिएको गीतलाई उनले आफैंले आफैलाई दिएको उपदेश भनेका छन् । १० महिना लामो समयपछि दर्शक श्रोताका लागि सिर्जना लिएर उपस्थित भएका उनले, अब भने निरन्तर संगीत सिर्जनामा तल्लीन रहने बताए । उपदेशमा मिष्टा चाम्बलींगले पनि उनलाई साथ दिएका छन् ।
उनको उपदेशका केही लाईन यस्ता छन्

के ठीक के बेठीक सब तेरो हातमा
ठक्कर खाए बुद्धि आउँछ भन्छन् दिमागमा
ऐनामा जब हेर्दा जब आफ्नोले आफ्नैलाई दामी देख्छस
बचनको चोट मनको घाउ सबै भुल्दै जान्छस ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?