सिइओ नियुक्तिमा प्रचण्डको ओलीलाई प्रश्न: स्वेच्छाचारी रुपमा विवादित व्यक्तिलाई किन नियुक्ति ?


काठमाडौँ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्ति गरेको विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच विमति देखिएको छ । मंगलबार साँझ बालुवाटारमा पार्टी विवादबारे छलफल गर्न बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भट्टलाई नियुक्ति गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्टि जनाएका हुन् ।
नियुक्तिप्रति वरिष्ठ नेता झलनाथ खनालले पनि असन्तुष्टि जनाएका छन् ।

बालुवाटारमा भएको छलफलमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई पार्टीमा छलफल नगरी विवादित व्यक्ति नियुक्ति किन गरिएको भन्दै प्रश्न समेत गरेको स्रोतले बतायो । पार्टी विवादबारे छलफलका लागि भने बुधबार साँझ ५ बजे पुनः बैठक बस्ने सहमति दुई अध्यक्षबीच भएको छ । मंगलबार पनि प्रचण्डले ओलीलाई स्थायी समितिलाई निरन्तरता दिन माग गरेका छन् । यस विषयमा ओलीले ठोस जवाफ नदिएको स्रोत बतायो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?