प्रकाश सपुतको ‘बदला बरीलै’ युट्युब ट्रेन्डिङको नम्बर एकमा !


चर्चित गायक प्रकाश सपुतको बलात्कृत चेलीको बेदना र विद्रोह झल्काउने लोकगीत ‘बदला बरीलै’ सार्वजनिक भएको दुई दिनमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ ।

सपुतको उक्त गीत यो समाचार तयार पार्दासम्म ११ लाख ५८ हजार नाघेको छ । गीतको भिडियो अहिले युट्युबमा सर्वाधिक हेरिएकामध्ये नम्बर एकमा छ । गीतमा लोक गायक सपुतको शब्द तथा सङ्गीत र लोक गायिका देवी घर्तीको स्वर रहेको छ ।

भिडियो निर्देशन पनि सपुतले गरेका हुन् भने भिडियोमा नायिका केकी अधिकारी र धुब्र कोइरालाको मुख्य अभिनय छ । गीतले बलात्कार जस्तो जघन्य अपराधको शिकार बन्न विवश महिलाको कथालाई लोक लयात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ ।बलात्कारपछि मृत्युवरण गरेकी महिला प्रेतको रुपमा प्रकट भई अपराधी पुरुषको हत्या गरी बदला लिएको दृश्य भिडियोमा देख्न पाइन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?