मेलबर्नमा चौथो तहको लकडाउन र राति ८ देखि विहान ५ बजेसम्म कफ्र्यू !


अष्ट्रेलियाको भिक्टोरिया राज्यमा आईतबार साँझ ६ बजेबाट आपतकाल घोषणा गरिएको छ । यस अघि स्वास्थ्य संकट घोषणा गरिएको थियो । कोरोना संक्रमितको संख्या निरन्तर बढेपछि प्रिमियर डेनियल एन्ड्रयूले पत्रकार सम्मेलन गरी यस्तो घोषणा गरेका हुन् । साथै ग्रेटर मेलबर्नमा राति ८ बजेदेखि विहान ५ बजेसम्म कफ्र्यू लगाइएको छ । यो बेलामा कोही घर बाहिर निस्कन पाउने छैनन् । काममा जान वा कामबाट फर्किन, हेरचाह गर्न मात्रै यात्रा गर्ने अनुमति हुनेछ ।

चौथो तहको लकडाउनमा एउटा घरबाट एकदिनमा एक पटक एकजना व्यक्ति मात्रै सुपरमार्केटमा अत्यावश्यक सामग्रीको खरिदका लागि जान पाउनेछन् । यस्तै व्यायामका लागि पनि एक घण्टा भन्दा बढी घर बाहिर निस्कन पाइने छैन । अत्यावश्यक सामग्री खरिदका लागि जाँदा पनि आफ्नो घर भएको ठाउँबाट पाँच किलोमिटरको दूरीभन्दा टाढा जान पाइने छैन ।

यससँगै भिक्टोरियाको ग्रामीण ईलाकामा तेश्रो तहको लकडाउन सुरुवात गरिएको छ । यो बुधबारबाट लागू हुनेछ । आईतबार साँझ ६ बजेबाट सुरु भएको चौथो तहको लकडाउन आगामी ६ हप्तासम्म लागू हुनेछ ।

यसैविषयमा हामीले बहस गरेका छौं नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरे र एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष प्रेम कँडेलसँग-

  • A curfew – from 8pm to 5am – starting tonight. The only reasons to leave home during these hours will be work, medical care and caregiving.
  • The Night Network will be suspended, and public transport services will be reduced during curfew hours.
  • Exercise will be limited to a maximum of one hour per day and no more than five kilometres from your home. Group size will be limited to a maximum of two – you and one other person – whether you live with them or not.
  • Shopping will be limited to one person per household per day. Again, the five-kilometre rule will apply.
  • Study at TAFE and uni must be done remotely.
  • Weddings will be banned – unless on compassionate reasons.
  • Face coverings will continue to be compulsory.
  • All Victorian students across all year levels will return to at-home learning.
  • Non-essential businesses will be forced to close.
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?