विश्वभर कोरोनाबाट ६ लाख ७१ हजारको मृत्यु, संक्रमितको संख्या १ करोड ७२ लाख बढी !


कोरोना महामारीबाट विश्वभर संक्रमित हुनेहरुको संख्या १ करोड ७२ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १ करोड ७२ लाख १९ हजार ७ सय ६७ जना संक्रमित भएका हुन् ।

हालसम्म ६ लाख ७१ हजार ९ जनाको मृत्यु भइसकेको छ भने १ करोड ७७ हजार ७ सय ६६ जना निको भइसकेका छन् । सबैभन्दा बढी प्रभावित अमेरिकामा ४४ लाख ८७ हजार ७२ जना संक्रमित भएका छन् भने १ लाख ५१ हजार ८ सय २६ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा २६ लाख १० हजार १ सय २ संक्रमित र ९१ हजार २ सय २३ को मृत्यु, भारतमा १५ लाख ८२ हजार २८ संक्रमित र ३४ हजार ९ सय ५६ को मृत्यु तथा रुसमा ८ लाख ३२ हजार ८ सय ९३ संक्रमित र १३ हजार ७ सय १८ जनाको मृत्यु भएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?