विश्वभर १ करोड ६६ लाख कोरोना संक्रमित, ६ लाख ५८ हजारको मृत्यु !


विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ६६ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ६६ लाख ६० हजार १ सय ३८ पुगेको छ । संक्रमणबाट हालसम्म ६ लाख ५८ हजार ८ सय १३ जनाको मृत्यु भइसकेको छ भने ९६ लाख ९९ हजार १ सय १६ जना संक्रमणमुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४३ लाख ४६ हजार ७ सय ४८ पुगेको छ भने १ लाख ४९ हजार १ सय ८० जनाको मृत्यु भएको छ । त्यस्तै, ब्राजिलमा २४ लाख ८३ हजार १ सय ९१ संक्रमित र ८८ हजार ५ सय ३९ को मृत्यु, भारतमा १४ लाख ८३ हजार १ सय ५६ संक्रमित र ३३ हजार ४ सय २५ को मृत्यु तथा रुसमा ८ लाख २२ हजार ६० को मृत्यु र १३ हजार ४ सय ८३ जनाको मृत्यु भएको जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?