राप्रपा छाडेका सुनिल थापा आज कांग्रेसमा प्रवेश गर्दै


काठमाडौँ । राप्रपा छाडेका सुनिलबहादुर थापासहितका केही नेता आज नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । कांग्रेसले थापालाई सह–महामन्त्री र अरु ५ जनालाई केन्द्रीय सदस्य दिने तयारी गरेको छ । थापाले आफूलाई महामन्त्री र अन्य ११ जना नेतालाई केन्द्रीय सदस्य माग गरेका थिए । थापासँगै राप्रपाका ११ केन्द्रीय सदस्यले पार्टी छाडेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?