भिक्टोरियामा एकैदिन ५ सय ३२ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु !


कोरोना भाईरस कोभिड १९ को संक्रमणमा अष्ट्रेलियाको भिक्टोरिया राज्यमा नयाँ रेकर्ड कायम भएको छ । गएको २४ घण्टामा यहाँ ५ सय ३२ जनामा कोभिड १९ को संक्रमण फेला परेको छ भने ६ जनाले ज्यान गुमाएका छन् । राज्यका प्रिमियर डेनियल एन्ड्रयूले मृत्यु हुने ६ जनामध्ये ५ जना एज्डकेयरका भएको बताएका छन् ।

प्रिमियर एन्ड्रयूले अहिले पनि धेरै मानिसले कोरोना संक्रमण हुँदाहुँदै पनि काममा गएको प्रमाणहरु भेटिएको बताएका छन् । उनले भने, “यदि लक्षण देखिएका छन् भने तपाईं काममा जान सक्नुहुन्न । कृपया नगइदिनुस् । सामान्य जस्तो लागे पनि काममा जानुहुँदैन ।”

यसैबीच, न्यूसाउथवेल्समा १७ नयाँ कोरोना संक्रमित देखिएका छन् भने क्वस्न्सल्याण्डले शून्य संख्या रहेको जानकारी दिएको छ । क्वीन्सल्याण्डले न्यूसाउथवेल्ससँगको सीमालाई कडाई गर्ने जनाउ दिएको छ । उता भिक्टोरियालाई अन्यत्र राज्यमा जाँदा गरिएको कडाई यथावत छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?