बिमान दुर्घटनामा तीन जनाको मृत्यु, एक जना घाइते !


सानो बिमान संयुक्तराज्य अमेरिकाको पश्चिमी उटाह राज्यको वेस्ट जोर्डानमा शनिवार दुर्घटना हुँदा बिमानमा सवार तीन जनाको मृत्यु भएको छ । बिमानमा तीन बालबच्चा सहित कूल छ जना सवार रहेको प्रहरीले जनाएको छ ।

वेस्ट जोर्डान प्रहरी विभागका अनुसार एक–इन्जिनयुक्त उक्त बिमान वेस्ट जोर्डानको पछिल्तिर आवाशीय क्षेत्रमा खसेको थियो ।
बिमान खसेको एक घरकी महिला पनि घाइते भएको र उनको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

अमेरिकी संघीय नागरिक उड्डयन प्रशासनले उक्त घटनाको छानबिन कार्य सुरु गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?