अनेसास पर्थको तेश्रो अधिवेशन सम्पन्न, सर्वसम्मतले नयाँ कार्य समिती चयन, अध्यक्षमा हरी अधिकारी


अन्तरराष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) पर्थ च्याप्टरको तेश्रो अधिबेशन सम्पन्न भएको छ।

अधिबेशनबाट पर्थ च्याप्टरले २०२०/२०२२ को कार्यकालका लागि नयाँ कार्य समिती समेत प्राप्त गरेको छ। सर्बसम्मतबाट कार्य समितीको अध्यक्षमा हरी अधिकारी, उपाध्यक्षमा रिजा प्रधान, महा(सचिबमा शेखर घिमिरे, सचिबमा दिपक सुबेदी, कोषाध्यक्षमा दिनेश बस्नेत र सदस्यहरुमा मन्जु कोइराला, देबकी थानी, अर्जुन अधिकारी, सन्तोष लम्साल, सपना पाण्डे अर्याल, सुदिप सापकोटा, अशेष भट्टराई, डिल्ली राम पराजुली र भुवन खड्का रहेका छन।

अधिबेशनमा निबर्तमान अध्यक्ष निरज क्षेत्रीद्वारा गत २ बर्षको पर्थ च्याप्टरको आर्थिक विवरण प्रस्तुत गरिएको थियो। सोही क्रममा गएको कार्यकाल अबधीभर पर्थ च्याप्टरले गरेका बिभिन्न कार्यक्रम र गतिबिधीहरु सम्मिलित महा(सचिबको प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो।

अधिबेशनमा सहाभागी बिभिन्न ब्यक्तित्व तथा नेपाली संघसंस्थाका प्रतिनिधिहरुले गएको कार्यकालको समिक्षा गर्दै सफल कार्यकाल सम्पन्न गर्न सकेकोमा सम्पूर्ण कार्य समितीका सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।

आफ्नो कार्यकाल सफल रहेको जिकिर गर्दै अनेसास पर्थ च्याप्टरलाई सहयोग गर्ने सम्पूर्ण पर्थबासी र कार्य समितीका सदस्यहरुलाई धन्यबाद ज्ञापन गर्दै निबर्तमान अध्यक्ष निरज क्षेत्रीले नयाँ कार्य समितीलाई शुभकामना तथा बधाई दिए।

सदस्य चुनावका लागि निर्वाचन समितीमा नावाका अध्यक्ष मणी पनेरु, नावाका पुर्व अध्यक्ष आङ दावा शेर्पा र केदार रिजाल सहभागी थिए। सदस्य चुनावका लागि प्रस्तावित नामहरु सर्बसम्मतले पारित भए पछी कार्य समिती पूर्ण रुपमा निर्बिरोध भ्एको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?