पर्सामा पाँच थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि !


पर्सामा पाँच थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पाँच थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोरोना विशेष अस्पतालले जानकारी दिएको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका गरी ५ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरूमध्ये ४ जना भारतीय हुन् ।

‘संक्रमित ४ भारतीय नागरिक यसै साता नेपाल प्रवेश गरेर घुसपैठ गर्न खोजेकाले पक्राउ गरेर रोग ऐन अन्तर्गत मुद्दा चलाउन लागिएको थियो, त्यहि क्रममा उनीहरुको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । अन्य २७ जना पर्सा कै हुन् ।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?