कुकुरले सुघेर कोरोना पत्ता लगाउन सक्ने जर्मनको दाबि !


जर्मनीका अनुसन्धानकर्ताहरुले कुकुरले सुघेर भाइरस पत्ता लगाउन सक्ने दाबि गरेका छन् । सुघ्ने कुकुरलाई सुघेर भाइरस पत्ता लगाउन सिकाउन सफल भएको उनीहरुको दाबि रहेको छ ।

बिबिसीका अनुसार जर्मनीको हेनोवरस्थित युनिभर्सिटी अफ भेटेनरी मेडिसिन र जर्मन सेनाको सहयोगमा भएको अनुसन्धानमा एक साताको ट्रेनिङमा ८ कुकुरले संक्रमित र संक्रमित नभएका छुट्याउन ९४ प्रतिशत सफल भएको बताएका छन् ।

अनुसन्धानकर्ताहरुले यी कुकुरहरुको प्रयोग एयरपोर्ट, खेल मैदान जस्ता सार्बजनिक ठाउहरुमा गर्न सकिने र कोरोना संक्रमितको पहिचान गर्न सकिने बताएका छन् । जर्मनीमा भएको यो अनुसन्धानको सफलतापछि बेलायतले समेत यस्तै अनुसन्धान शरू गरेको बताइएको छ । कुकुरबाट सुघेर भाइरस पत्ता लगाउन सके सार्बजनिक स्थलहरुमा संक्रमितको पहिचान गर्न सकिने नयाँ तरिका हुने बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?