रञ्जन कोइरालालाई रिहा गर्ने सर्वोच्च अदालतको निर्णयविरुद्ध सरकार गयो पुनरावेदनमा


श्रीमतीको हत्या अभियोगमा आठ वर्ष जेल बसेर बिहीबार रिहा भएका रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिइएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले बिहीबार सो निवेदन सर्वोच्च अदालत पठाएको महान्यायाधिवक्ताको कार्यालयका सह महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बताउनुभयो ।

कार्यालय समय सकिनु केही बेरअघि मात्र निवेदन सर्वोच्च अदालतमा पेश भएको भए पनि निवेदन रुजुको काम बाँकी रहेकाले शुक्रबार रुजु र दर्ता हुने अदालत स्रोतले जनाएको छ ।

सर्वोच्चको सजाय अवधि घटाउने निर्णयमा चित्त नबुझेकाले कार्यालयले उक्त निवदेशन दिएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?