भिक्टोरियामा कोरोना संक्रमणका कारण आईसोलेसनमा बस्ने सबैले ३ सय डलर राहत पाउने !


भिक्टोरियामा ४ सय भन्दा बढी कोरोनाका नयाँ संक्रमित, पाँचजनाको मृत्यु !

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा गएको २४ घण्टामा ४ सय ३ नयाँ कोरोना संक्रमित फेला परेका छन् । यस्तै यो अवधिमा संक्रमितमध्ये ५ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा एक ७० वर्षीय महिला, अर्को दुई पुरुष ८० र ९० वर्षका छन् । यी घटना एज्ड केयरसँग सम्बन्धित हुन् । यस्तै एक पुरुष ५० वर्ष हाराहारीको र अर्को ७० वर्षका व्यक्तिले पनि कोरोना संक्रमणसँग जुद्धै गर्दा ज्यान गुमाएका छन् ।

४ सय ३ नयाँ कोरोना संक्रमणमध्ये ६९ जना यसअघि नै खुलेका कोरोना संक्रमणस्थलहरुसँग जोडिएको पाइएको छ भने बाँकीको अनुसन्धान जारी रहेको भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रयूले जानकारी दिए । स्वास्थ्यमन्त्री जेनी मिकाकोसले कोरोना संक्रमितमध्ये ४ बालबालिका अस्पताल भर्ना भएका छन् भने ५० प्रतिशत कोरोना संक्रमित ५० वर्षभन्दा कम उमेरका छन् ।

“नयाँ संक्रमण स्पष्ट रुपमा ति व्यक्तिहरुका कारणले बढेको छ जसले लक्षणहरुका कारण परीक्षण गराएका छन् तर सेल्फ आईसोलेसनमा बसेका छैनन् ।” प्रिमियर एन्ड्रयूले भने ।

यससँगै भिक्टोरियाले कोरोना भाईरस कोभिड १९ को संक्रमणका कारण काममा जान नसक्नेहरुलाई सिधै ३ सय डलर सहयोग गर्ने घोषणा गरे । यसअघि विभिन्न प्रावधानका कारणले घोषित १५ सय डलर प्राप्त गर्न मानिसहरुलाई कठिनाई भएको थियो । यसका लागि कोरोना भाईरस हटलाईन  1800 675 398 मा फोन गरेर उनीहरुले आफ्नो विवरण दिन सक्नेछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?