लोकलयमा ‘मिल्टेरीको जुत्ता’को चर्चा, हेर्नुस् कार्टुन क्रुजको कथानक भिडियो !


गायक पवन गिरीको आवाजमा मिल्टेरीको जुत्ता म्युजिक भिडियो यतिबेला चर्चामा छ । वाईड लेन्स प्रोडक्सनको निर्माणमा बनेको म्युजिक भिडियोमा प्रेमको उछित्तो काढ्दा काढ्दै प्रेममा नै परेको कथा बुनिएको छ । कार्टुन क्रुका सरोज र आष्माको अभिनय देख्न पाइने भिडियोमा स्वाभाविक रुपमा उनीहरुको केही डान्स स्टेपहरुले दर्शलाई लोभ्याउनेमा दुईमत छैन । नृत्यकार गम्भीर विष्टले कार्टुन क्रुजसँग राम्रै सिर्जना गरेका छन् । यस्तै छायाँकार अर्जुन तिवारीकोपनि राम्रो काम देख्न पाइन्छ । जीवन थापाले दृश्य सम्पादन गरेका छन् भने दिपक आचार्यको निर्देशन रहेको छ ।

मिल्टेरीको जुत्ताको लेखन रमेश दाहालको हो भने संगीत टीका दाहालको छ । रिलिजको केही दिनमा नै करिब ६ लाखले हेरिसकेको म्युजिक भिडियो यस्तो छ –

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?