हल अफ फेमको तेश्रो कोसेली प्रशान्त श्रेष्ठको ‘मेल्लो कभर’ दर्शकमाझमा !


एमएनटीभी अष्ट्रेलियाले सञ्चालन गरेको हल अफ फेमको पहिलो सिजनको तेश्रो कभर गीत सार्वजनिक गरिएको छ । पहिलो २४ घण्टामा नै करिब ६० हजार दर्शकले हेरिसकेको यो म्युजिक भिडियोको छायाँकन, सम्पादन, निर्देशन जीवन रसाईलीले गरेका हुन् ।

मेल्लो कभर गीतको भिडियोमा प्रशान्त श्रेष्ठ र पूजा थापाकै अभिनय समेत देख्न पाइन्छ । गायक प्रशान्त श्रेष्ठको गायन र अभिनय यहाँ हेर्न सक्नुहुनेछ ।

एमएनटीभीले अष्ट्रेलियामा रहेका नेपाली गायन प्रतिभाहरुको प्रोत्साहनका लागि सुरु गरेको कभर सेसनको पहिलो सिजन यससँगै समाप्त भएको छ । दोश्रो सिजनका लागि पूर्वतयारी सुरु भएको छ । यसबारेमा केही घोषणा छिट्टै सार्वजनिक हुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?