नेपाल एयरलाईन्सका चार पाईलटसहित १४ कर्मचारी कोरोना मुक्त !


नेपाल एयरलाईन्सका चार पाईलटसहित १४ कर्मचारी कोरोना मुक्त भएका छन् । केही समय अघि कोरोना संक्रमण देखिएपछि होटल आईसोलेसनमा बसेका उनीहरुलाई घर जान अनुमति दिइएको छ । निको भएका कर्मचारीहरुलाई काममा समेत खटाइने निगमले जनाएको छ ।

उनीहरुको परिचय खुलाइएको छैन । नेपाल वायुसेवा निगमले विगत एक महिनाभन्दा बढी समयदेखि विभिन्न देशमा चार्टड उडान गर्दै आएको छ । यसका लागि निगमको सम्पूर्ण जनशक्ति खटिएको छ । यी पाईलटहरुलाई कसरी कोरोना सर्न पुग्यो भन्ने कुनै खुलेको छैन ।

फ्लाईटका लागि टिम बनाएर चार वटा फ्लाईटमा लगातार उडेपछि कोरोना परीक्षण गर्ने र आरामका लागि घर पठाउने गरिएको छ । महामारीको बेलामा पनि देशवासीको सेवामा लाग्दैगर्दा कोरोना संक्रमित भएपछि उनीहरुको विषयमा विश्वभर चासो व्यक्त भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?