बटर चिकेन किन्न ३० किलोमिटर यात्रा गर्नेलाई १६ सय ५२ डलर जरिवाना !


अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लकडाउन कडा बनाइँदै जाँदा गएको २४ घण्टामा ७४ जना कारवाहीमा परेका छन् । यीमध्ये एकजना वैरवीबाट बटर चिकेन किन्नका लागि मेलबर्न सिटीमा जाँदै गर्दा प्रहरी चेकजाँचमा परेका थिए ।

निजलाई १६ सय ५२ डलर जरिवाना गरिएको छ । यस्तै कारवाहीमा परेका अन्यले साथीभाईकोमा गएको अवस्थामा, सार्वजनिक स्थलमा भेट गरेको अवस्थामा कारवाहीमा परेका थिए । कूल १३ हजार ४ सय ८६ गाडीमा चेकजाँच गरेकोमा १० जना कारवाहीमा परेका थिए ।

शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा राज्यका प्रिमियर डेनियल एन्ड्रयूले अधिकांश व्यक्तिले नियमको पालना गरेपनि केही संख्या बढ्नु चिन्ताजनक भएको प्रतिक्रिया दिए । तर, गलत कार्य गर्नेहरुलाई कारवाही हुने पनि उनको चेतावनी छ ।

भिक्टोरियामा गएको २४ घण्टामा २ सय १७ नयाँ कोरोना संक्रमणका घटना देखिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?