अनेसासको उपाध्यक्षमा पर्थका राजेश बुढाथोकी ओसियाना क्षेत्रबाट निर्बिरोध


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सन् २०२०/२०२२ को नयाँ कार्य समिती छनौटका लागि यही जुलाई १७ देखि १९ सम्म सम्पन्न हुन गइरहेको केन्द्रीय कार्यसमितिको निर्वाचनमा ओसियाना क्षेत्रका लागि केन्द्रिय उपाध्यक्षमा पर्थका राजेश बुढाथोकी निर्बिरोध चयन भएका छन।

सोही पदका लागि सिड्नीकी अर्की उमेद्वार तथा अनेसास केन्द्रिय सदस्य सानु घिमिरेले आफ्नो उमेद्वारी फिर्ता लिए पछी ओसियाना क्षेत्रिय उपाध्यक्षमा पर्थका राजेश बुढाथोकी निर्बिरोध भएका हुन। बुढाथोकीसँगै अन्य ५ जना अनेसास केन्द्रको कार्य समितीमा निर्बिरोध चयन भएका छन।

निर्बिरोध हुनेहरुमा, अनेसासको केन्द्रिय अध्यक्षमा जापानबाट प्रकाश पौडेल ९माइला०, एशिया क्षेत्रिय उपाध्यक्षमा नेपालबाट बाबा बस्नेत, युरोप क्षेत्रिय उपाध्यक्षमा बेलायतबाट सुनिल सँगम, अमेरिका क्षेत्रिय उपाध्यक्षमा अमेरिकाबाट राजेन्द्र के श्रेष्ठ र कोषाध्यक्षमा कृष्ण कुमार गिरी रहेका छन। निर्बिरोध हुन नसकेका बाँकी पदहरु बरिष्ठ उपाध्यक्ष, महासचिब, सचिब र केन्द्रिय सदस्यहरुको चयन भने निर्वाचन प्रकृयाबाट हुने तय भएको छ। बिश्वभरका झन्डै २२०० आजीवन सदस्यहरुले अनलाइेन भोटिङ मार्फत उक्त पदहरुमा जुलाई १७ देखि १९ सम्म आफ्नो मत जाहेर गर्दैछन।

यो बिच निर्वाचन प्रकृया अघी बढी राख्दा सबै पदहरुमा सर्बसम्मतले पदाधिकारीहरु चुन्ने बिभिन्न प्रयासहरु असफल भए सँगै संस्थाका जिम्मेवार ब्यक्तित्वहरुबाट अनेसासलाई साहित्य भन्दा बढी गुट्बन्दी र चलखेल गर्ने संस्थाको रुपमा प्रयोग गर्न लागिएको तथ्य भेटिएको भन्दै महत्वपूर्ण ६ पदका उमेद्द्वारले आफ्नो उमेद्वारी फिर्ता लिएको संस्थाका महासचिब गणेश घिमिरेले जानकारी दिए ।

अनेसास ओसियाना क्षेत्रिय उपाध्यक्षमा निर्वाचित पर्थका राजेश बुढाथोकी अनेसास पर्थ च्याप्टरका सस्थापक कोषाध्यक्ष हुन। बुढाथोकीले पर्थ च्यप्टरमै रहेर महासचिबको भूमिका समेत निर्बाहा गरी सकेका छन। उनले यस् अघी ओसियाना क्षेत्रिय समितीको कोषाध्यक्षमा र एनआरएनए अष्ट्रेलियाको केन्द्रिय सदस्यमा रहेर समेत काम गरी सकेका छन।

बुढाथोकीले हामीसँग कुरा गर्दै आगामी कार्यकालमा अष्ट्रेलियाको मेल्बर्न, डार्विनमा र न्यूजील्यान्डमा अनेसासको बिस्तार गर्न आफु सकृय रहने बताए। त्यस्तै अष्ट्रेलियाभर सन्चालन भइ रहेका नेपाली भाषा पाठशालाहरुसँग सहकार्य गर्दै नेपाली भाषाको प्रबर्दन, नेपाली पाठ्यक्रमको बिकास र निर्माणमा कटिबद्द भएर लागि पर्ने बताए। बिगतमा अनेसासले अष्ट्रेलियामा नेपाली भाषा र साहित्यको प्रबर्दन गर्न चालेका कामहरुलाई निरन्तर्ता दिदै अनलाई तथा भर्चुअल लाइब्रेरी स्थापनामा आफुले बिशेष जोड दिने बताए।

अष्ट्रेलियामा सन २०११ मा अनेसास स्थापना भए यता दर्जनौ नेपाली साहित्यिक अन्तर्कृया, स्रष्ठा सम्बाद, बिश्व कबी गोष्ठी र साहित्यिक सम्मेलन सम्पन्न भइ सकेका छन। अनेसासले दोश्रो पुष्ताका नेपाली बालबालिकाहरुलाई लक्षित गरी नेपाली भाषा पाठ्यपुस्तकहरुको समेत निर्माणमा सहयोग पुर्याउदै आएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?