भिक्टोरियामा ‘लेभल ४’ लकडाउन भएमा के के पर्छ असर ?


Image source : ABC News

कोरोना भाईरसका संक्रमितहरुको बढ्दो दरसँगै अष्ट्रेलियाको भिक्टोरियामा चौथो तहको प्रतिबन्ध लगाउने विषयमा छलफल सुरु भएको छ । लगातारजस्तो तीन सय करिब नयाँ संक्रमित फेला परेसँगै चौथो तहको प्रतिबन्ध पनि लाग्नस क्ने भन्दै यसको विषयमा अष्ट्रेलियन मिडियाहरुमा चर्चा भएको हो ।

यदि चौथो तहको प्रतिबन्ध लगेमा के हुन्छ त रु मिडियामा आएका रिपोर्ट अनुसार यदि यस्तो भएमा घर बाहिर निस्कदा फेस मास्क वा फेस शिल्ड लगाउनु अनिवार्य हुनेछ । यस्तै अहिले कामका लागि कार्यालय जान दिइएपनि चौथो तहको प्रतिबन्धमा थप केही क्षेत्रमा जान प्रतिबन्ध लाग्नेछ । न्यूजिल्याण्डमा यस्तो प्रतिबन्धको बेला सुपरमार्केट, औषधि पसलहरु, क्लीनिकबाहेक सबै बन्द गराइएको थियो ।

यस्तै चौथो तहको प्रतिबन्धमा स्कूल र कलेज पनि बन्द हुन सक्नेछन् । किनकि, यसबाट परिवारमा कोरोना फैलिने ज्यादा खतरा रहन्छ । अहिले नै पनि भिक्टोरियामा स्कुले बालबालिकाहरुलाई घरबाट नै पढ्न प्रोत्साहित गरिएको छ । केही अघि अल टाक्वा कलेजमा कोरोनाको बिरामी भेटिएका थिए । मंगलबारसम्म आइपुग्दा उक्त एकै कलेजका १ सय ४७ संक्रमित भेटिइसकेका छन् ।

५ लाखभन्दा बढीको ज्यान गइसकेको अवस्थामामा पनि विश्वभर कोरोनालाई लिएर खासै सचेतना नआएको देखिएको छ ।

चौथो तहको प्रतिबन्धमा भिक्टोरियाका अहिले रेड जोनमा रहेका क्षेत्रका केही भागहरुलाई अझ बढी कडा बनाइन सक्छ । यहाँका मानिसहरुलाई आवतजावतमा अझ कडाई गर्ने निर्णय हुनसक्छ ।

कोरोना रोकथामका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको सही सूचना हो । तर, ५ लाखभन्दा बढीको ज्यान गइसकेको अवस्थामामा पनि विश्वभर कोरोनालाई लिएर खासै सचेतना नआएको देखिएको छ । युनिभर्सिटी अफ मेलबर्नका प्रोफेसर टोनी ब्लाक्ली भन्छिन्, “अहिले पनि मानिसहरुले खासै गम्भीरतापूर्वक लिएको देखिँदैन, उनीहरु यसलाई सामान्य खालको रोग हो भन्ने ठान्दछन् जुन खतरनाक छ । निको भएका बिरामीहरुले बताएका छन् कि कोरोना कति खतरनाक र पीडादायी छ ।”

भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रयूले अहिलेसम्म ५ सयभन्दा बढी मानिसरुलाई लकडाउन उल्लंघनमा जरिवाना गरिसकिएको भन्दै गएको २४ घण्टामा मात्रै २ सय ३८ नयाँ संक्रमित देखिँदा स्थिति भयावह बनेको बताए । अहिले भिक्टोरियाका अस्पतालमा १ सय ७ जना भर्ना भएका छन् जसमध्ये २७ जना आईसीयूमा छन् । गएराति मात्रै एक ९० वर्षीय बिरामीको ज्यान गएको छ । प्रिमियर एन्ड्रयूले स्थिति अत्यन्तै अत्यन्तै गम्भीर भएको बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?