प्रधानमन्त्रीको स्वीस बैंकमा पैसा हैन खाता नै छैन : सूर्य थापा


प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले केही नेपाली अनलाईन र ग्लोबल वाच एनलाईसिस भन्दै स्वीस बैंकमा ५५ लाख अमेरिकी डलर जम्मा रहेको भनाई कपोकल्पित भएको बताएका छन् । उनले एक वक्तव्य जारी गर्दै यो कार्य बदनीयतका साथ आएको भन्दै प्रधानमन्त्रीलाई नै बदनाम गराउने उद्देश्यले यस्तो गरिएको दावी उनको छ ।
आम नेपालीलाई यस किसिमको दुस्प्रचारमा विश्वास नगर्न पनि उनले आग्रह गरेका छन् । यस्तो छ उनको वक्तव्य

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?